नियम १९५
पेश्की बारे अनुगमन गर्ने
यस नियमावली बमोजिम पेश्की फछ्र्यौट भए वा
नभएको जानकारी दिन, पेश्की फछ्र्यौट समयमा गराउन पेश्कीको सूचि तयार गरी
आर्थिक प्रशासन शाखा प्रमुखले अधिकार प्राप्त अधिकारी समक्ष महिना भुक्तान भएको
सात दिनभित्र पेश गर्नु पर्नेछ । यस्तो प्रतिवेदन प्राप्त भएपछि अधिकार प्राप्त
अधिकारी, आर्थिक प्रशासन शाखा प्रमुख बसी समीक्षा गरी फछ्र्यौटको कार्य गर्नु
पर्नेछ र यस्तो समिक्षामा भएको निर्णयको अभिलेख राख्नु पर्नेछ ।